Skip This
नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस नयाँदिल्ली
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका वेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोवास गर्ने करिब ८० प्रतिशत परिवारमा वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ।

वायुको गुणस्तर सूचकांकले गम्भीर तह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।

सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोवास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषणसँग सम्बन्धित रोगको सिकार भएको अनुभव गरिरहेका छन्। उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवं उपचार  खोजेका छन्।

नोएडा, गाजियाबाद, गुरुग्राम र फरिदाबादनजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सहभागितामा गरिएको सर्वेक्षणमा १९ हजारजनालाई समेटिएको थियो। ८० प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन्।