१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुर २ (ख) : तितुङले गरे उम्मेदवारी निष्क्रिय, कांग्रेसका बानियाँलाई समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४७:oo

मकवानपुर क्षेत्र नम्बर २ (ख)का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।

आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै तितुङले राजनीतिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन्। पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीले प्राप्त उपलब्धि गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरूलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको प्रस्ट पारे।

आफ्नो अबको अभियान गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने रहेको उल्लेख गर्दै तितिङले सोहीअनुसार अघि बढ्न आफ्ना समर्थकलाई अपिल गरेका छन्।

पत्रकार सम्मेलनमा बानियाँले तितुङ सो क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताए।

ad
ad