१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १३:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओली भन्छन्- यो सरकारसँग देश बनाउने कुनै भिजन छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:३५:oo

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारसँग देश बनाउने कुनै पनि मिसन र भिजन नभएको बताएका छन्।

स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै मिसन, भिजन र गन्तव्य नभएको भन्दै उनले आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले देशलाई बर्बाद हुन नदिन आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने जिकिर गरे।

उनले भने, ‘अरु प्रकारका सेटिङ हुने, यसबाट गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको, डेष्टिनेशन कुनै नभएको, त्यो डेष्टिनेशन भएपछि त्यहाँ पुग्ने बाटो चाहिएन, भिजन नै चाहिएन। त्यस्तो दिशाहिन अन्यौल सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजनसहितको, मिसनसहितको, एमसहितको, गोलसहितको, डेष्टिनेशनमा पुग्ने मार्गचित्र, त्यस निम्तिका नीतिहरु, कार्यक्रमसहितको ?’ 

ad
ad