१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हावा शुद्ध गर्ने वर–पीपल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२३:oo
प्रा.डा. माधव भट्टराई संस्कृतिविद्

पर्यावरणको रक्षा गर्न र वायु शुद्ध गर्न वर–पीपलले विशेष भूमिका खेल्छ । यात्रुलाई शीतलता प्रदान गरोस् भन्ने लक्ष्यले यसलाई चौतारामा रोप्ने गरिन्छ । वर–पीपललाई विभिन्न रोगको अचुक औषधिका रूपमा आयुर्वेदमा समेत उल्लेख गरिएको छ । 

- श्वासप्रश्वाससम्बन्धी समस्याका लागि पीपल एकदमै उपयोगी हुन्छ । पीपलको बोक्राको चूर्ण बनाएर वा यसको पातलाई दूधमा मिसाएर नियमित सेवन गर्दा श्वासप्रश्वास र दमका बिरामीलाई फाइदा पुग्छ । 
- पीपलको काँचो पातको रस बिहान–बेलुका एक–एक चम्चा खाएमा पेटमा ग्यास जम्मा हुने र कब्जियत निको हुन्छ । 
- पीपलको पात र बोक्राको चूर्ण दन्तमञ्जनमा मिसाएर प्रयोग गर्न सकिन्छ । यसले दाँत बलियो हुनुका साथै दाँतसम्बन्धी रोग निको हुन्छ । 
- पीपलको पातको रसले छालामा आउने दाद, सुक्खापन कम गर्न सहयोग गर्छ ।
- विशेषगरी, जाडोमा हुने रुघाखोकी र शरीरमा आउने विभिन्न घाउखटिराका लागि वर–पीपलको पात उपयोगी हुन्छ । 
- पीपलको पातमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । यसर्थ, नरम पात खाँदा तनाव कम गर्न सहयोग पुर्‍याउँछ । 
- वर–पीपलको जरा पानीमा भिजाएर छालामा लगाएमा चम्किलो हुनुका साथै विभिन्न समस्याबाट राहत मिल्छ । 
- साथै, वर–पीपल कलेजो, आँखा, छाला, आदिजस्ता समस्याका लागिसमेत लाभदायक हुन्छ ।