१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २ सोमबार १७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सबइन्जिनियर पदमा करार नियुक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १७:५६:oo

शैक्षिक योग्यताको नक्‍कली प्रमाणपत्रहरू पेस गरेर सबइन्जिनियर पदमा करार नियुक्ति लिएको अभियोगमा अख्तियारले एकजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सबइन्जिनियर (प्राविधिक सहायक) पदमा कार्यरत दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

झाविरुद्ध परेको उजुरीमाथि अनुसन्धान हुँदा उनले तिलाठी कोइलाडीमा सबइन्जिनियर पदमा करार नियुक्ति लिनका लागि एकेडेमिक ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेटसहित नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सो ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको छ।