१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

सय मतदान केन्द्रलाई अपांगमैत्री बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:oo:oo

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा १०० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ।
 
यी मतदान केन्द्रमा सांकेतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रंगीचंगी डोरी तथा पोल,  ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीलगायतको व्यवस्था गरिने आयोगले जनाएको छ। 

ad
ad