१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

माओवादीले ल्यायो चुनावलक्षित ‘र्‍याप’ गीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:o९:oo

माओवादीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै ‘र्‍याप’ शैलीमा गीत तयार पारेको छ। ‘नयाँ शैली, नयाँ प्रस्तुति: मनमनमा प्रचण्ड, मनमनमा माओवादी’ शीर्षकको गीत बुधबार सार्वजनिक भएको हो। माओवादीले यो गीत युवापुस्तालाई लक्षित गरेको छ। 

गीतमा जगत तिरुवाको स्वर तथा संगीत रहेको छ। गीतको संगीत संयोजन केशव बाबुले गरेका हुन्। माओवादी केन्द्रको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई माओवादी नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा सेयर गरेका छन्। यस गीतलाई अहिलेसम्म युट्युबमा ५ हजार ३ सयभन्दा धेरैले हेरिसकेका छन्। 
गीतले माओवादी आन्दोलनको जगमा उभिएर आएका परिवर्तन र उपलब्धिको चर्चा गरेको छ। गणतन्त्र ल्याउन, महिला, दलित, थारू, मुस्लिम, जनजातिलगायतलाई अधिकार दिलाउन माओवादीले भूमिका खेलेको गीतमा उल्लेख गरिएको छ। 

ad
ad