मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Thursday, 18 September, 2025
२o७९ कार्तिक १६ बुधबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा रगत अभाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १८:५८:oo

दाङको तुलसीपुरमा रगत अभाव देखिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो।

चाडपर्वको समयमा रक्तदानको कार्यक्रम पनि नभएको र चुनावले गर्दा पनि उक्त रक्त सञ्चार केन्द्रमा बुधबार एउटा मात्रै रगत थियो। ‘चाडपर्वमा रक्तदान गर्ने कार्यक्रम रहेन,’ रक्त सञ्चार प्रमुख नरेश चौधरीले भने, ‘रगत माग गर्ने बिरामी चाडपर्वकै समया आउनुभयो, त्यसैले गर्दा पनि रगत अभाव रहन गयो।’ 

रगत अभाव भएपछि बुधबार दिउँसो मात्रै २७ जनाले रगत दान गरेका थिए। नेकपा (बहुमत) पार्टीका पदाधिकारीहरूले रगत दान गरेपछि भने रगतको आपूर्ति भएको हो।