Skip This
‘थ्रिलर म्याच’मा बंगलादेशको हार, भारत सेमिफाइनलनजिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘थ्रिलर म्याच’मा बंगलादेशको हार, भारत सेमिफाइनलनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

रोमाञ्चक म्याचमा बंगलादेशलाई हराउँदै भारत आइसिसी टी–२० विश्वकप प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ। 
डकवर्थ लेबिस नियमअनुसार भारतले बंगलादेशलाई ५ रनले हरायो। अन्तिम खेलमा जितका लागि ७ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले दुई रन मात्र बनाउन सक्यो। 

आजको जितपछि भारत चार खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। उति नै खेल खेलेको बंगलादेशको चार अंक मात्र छ। यही समूहको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा पाँच अंक जोडेको छ। अब बंगलादेश सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना मात्र बाँकी रहेको छ। 

वर्षाले प्रभावित गरेको आजको खेलमा एक समय बंगलादेशले सहजै खेल जित्ने देखिएको थियो। तर, २७ बलमा ६० रन बनाएर विस्फोटक ब्याटिङ गरिरहेका लिटन दासलाई केएल राहुलले रनआउट गरेपछि खेल भारततर्फ मोडियो। त्यसपछि लगातार विकेट गुमाउँदा बंगलादेश खेलमा फर्कन सकेन। तर, बंगलादेशी बलरहरू ब्याटिङमा केही राम्रो सट प्रहार गर्दै खेललाई अन्तिम ओभरको अन्तिम बलसम्म पुर्याए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले बंगलादेशलाई एक सय ८५ रनको लक्ष्य दिएको थियो। भारतको तर्फबाट विराट कोहलीले ४४ बलमा सबैभन्दा बढी ६४ रन बनाए। यसक्रममा उनले टी–२० विश्वकपमा सबैभन्दा बढी रन बनाउने कीर्तिमानीसमेत कायम गरे। 

यस्तै, भारतका लागि ओपनर केएल राहुलले ३२ बलमा ५० रनको योगदान गरे भने १६ बल सामना गरेका सूर्यकुमार यादवले ३० रन बनाए। 

भारतले दिएको लक्ष्य पछ्याइरहेको बंगलादेशले सातौँ ओभरमा ६६ रन बनाउँदा वर्षाले खेल स्थगित भयो। त्यसवेला बंगलादेशले एक विकेट मात्र गुमाएको थियो। पानी रहेपछि सुरु भएको खेलमा डकवर्थ लेबिस नियमअनुसार बंगलादेशले १६ ओभरमा एक सय ५१ रनको लक्ष्य पाएको थियो। तर, पुनः खेल सुरु भएलगत्तै लिटन दासको विकेट गुमाएपछि बंगलादेश खेलमा पछि पर्यो।