१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मकवानपुर १ मा  त्रिपक्षीय भिडन्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२६:oo

आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनमा मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने भएको छ । साना दलका प्रभावशाली उम्मेदवारका कारण दुवै क्षेत्रको प्रतिस्पर्धा रोचक बनेको छ । मकवानपुर १ मा वामलोकतान्त्रिक गठबन्धनबाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, एमालेको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहसहित १६ जना चुनावी प्रतिस्पर्धामा छन् । मकवानपुर २ मा गठबन्धनबाट एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीलगायत १० जना चुनावी मैदानमा छन् ।

पराजितहरूबीच प्रतिस्पर्धा
०४८ ल देखि लगातार चुनावी प्रतिस्पर्धामा रहेका, तर जितको स्वाद चाख्नै नपाएका उम्मेदवारहरूको यो क्षेत्रमा वर्चस्व छ । १६ जना उम्मेदवार भए पनि मुख्य गरी कांग्रेस सहमहामन्त्री डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका दीपक सिंहबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । मकवानपुर १ मा हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये २, ४, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ गरी १५ वटा वडा पर्छन् । यस्तै, बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १, २, ३ र ४ गरी चारवटा वडा पर्दछन् । यो क्षेत्रमा आगामी मंसिरमा हुने निर्वाचनका लागि एक लाख ५० हजार एक सय ५५ मतदाता छन् । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने गठबन्धनका उम्मेदवार बलियो देखिन्छन् । तर, एमालेको साथ पाएपछि कमल थापा पनि उत्साहित छन् । स्थानीय निर्वाचनमा हेटौँडा महानगरका मेयरका प्रत्याशी हुँदा पाएको पपुलर भोटका कारण दीपक सिंह पनि हौसिएका छन् । उनले मेयर पदमा चुनाव लड्दा २० हजार मत पाएका थिए ।

स्थानीय निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका वडाध्यक्षले ३४ हजार ७२, माओवादी केन्द्रको १६ हजार पाँच सय ६२ र एकीकृत समाजवादीका वडाध्यक्षले तीन हजार दुई सय ८३ मत पाएका थिए । यस्तै, एमाले एक्लैको ३८ हजार ५६ मत छ भने राप्रपाको चार हजार ७० छ ।

वडाध्यक्षहरूले पाएको मतका आधारमा सत्तागठबन्धन १५ हजार मतले अगाडि छ । यसले मात्र हार वा जितको मापन गर्न कठिन छ । वडाध्यक्षहरूले पाएको मत र पालिकाका प्रमुखहरूले पाएको मत भिन्न भएकाले नागरिकले कसलाई मतदान गर्छन् भन्ने कुराको अन्दाज गर्न कठिन छ । स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षहरूले पाएको मत र मेयर–उपमेयरले पाएको मतको गणना गर्दा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले गठबन्धनको सबै मत पाउन सकिनन् भने एमालेका अनन्तप्रसाद पौडेलले एमालेको मत जोगाउन सकेनन् । उपमहानगरको निर्वाचनमा २३ हजार ७५ मत पाएर लामा मेयरमा चुनिँदा एमालेका पौडेलले २० हजार नौ सय आठ र दीपक सिंहले २० हजार पाँच सय ३१ मत पाएका थिए ।

यस्तो छ दलगत अवस्था
प्रतिनिधिसभा सदस्य बन्न चौथोपटक चुनावी मैदानमा होमिएकी डीनालाई सत्तागठबन्धनको साथ छ । पछिल्लो समय मकवानपुरमा कांग्रेसको अवस्था राम्रो छ । टिकट बाँडफाँडमा देखिएको असन्तुष्टि मिल्दै गएको नेताहरूको दाबी छ । 

जित्नैका लागि एमालेको चुनाव चिह्न सूर्य लिएर उठेका राप्रपा नेपालका कमल थापालाई पनि चुनाव जित्न सजिलो छैन । स्वच्छ र शालीन छवि बनाएका एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई अचानक ब्याक गराएर टिकट हात पारेका थापाप्रति एमालेका कार्यकर्ता अझै असन्तुष्ट छन् । केहीले उम्मेदवारी दर्ता गर्ने दिन पार्टी कार्यालयमा तालाबन्दी गरेरै विरोध जनाएका थिए ।

०४६ पछि बनेको राप्रपा विगतमा पटक–पटक फुट्ने र जुुट्ने गरेकाले उनको पकड कमजोर बन्दै गएको छ । तर, हेटौँडा उपमहानगरपालिकामा मेयरका प्रत्याशी रहेका अहिलेका उम्मेदवार दीपक सिंहले २० हजार मत कटाएका थिए । दलको मत नभएको र व्यक्तिगत भोटकै आधारमा मात्रै सिंहलाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न फलामको चिउरा चपाउनुजत्तिकै छ । 

ad
ad