१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डको जितसँगै रोचक बन्दै समूह १

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:४४:oo

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ रोमाञ्चक बनेको छ । प्रतियोगिताको मंगलबार साबिक उपविजेता न्युजिल्यान्डमाथि इंग्ल्यान्डले २० रनको जित निकालेसँगै समूह ‘ए’को अंक तालिका रोमाञ्चक मोडमा पुगेको हो । यस समूहमा तीन टोलीले चार खेलबाट समान पाँच अंक जोडेका छन् । रनरेटका आधारमा इंग्ल्यान्ड दोस्रो स्थानमा उक्लेको छ । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह चरणमा ६ टोलीले एक–एक खेल खेल्न बाँकी छन् । श्रीलंका चार अंकका साथ शीर्ष तीनका टोलीलाई दबाब राखेको छ । 

एक सय ८० रनको लक्ष्य
ब्रिस्बन मैदानमा इंग्ल्यान्डले पहिलो ब्याटिङ गरी ६ विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ५९ रन जोड्यो । इंग्ल्यान्डलाई हराउँदा न्युजिल्यान्ड लगभग समूह ‘ए’बाट सेमिफाइनलमा पुग्ने थियो । इंग्ल्यान्डको जितमा मुख्य आधार नै ओपनिङ साझेदारी रह्यो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान जोस बटलर र एलेक्स हालेसले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको बलियो साझेदारी गरे । हालेसले ५२ रन बनाए । बटलरले ४७ बलमा सात चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७३ रनको योगदान दिए । लक्ष्य पछ्याएको इनिङ्समा न्युजिल्यान्डका ग्लेन फिलिप्सले अर्धशतकीय योगदान दिएका थिए । फिलिप्सले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ६२ रन जोडेका थिए ।

यसैबीच समूह १ को अर्को खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । श्रीलंकाले १८.३ ओभरमा चार विकेटको नोक्सानीमा एक सय ४८ रन बनायो । खेलमा श्रीलंकाका वानिन्दु डी सिल्भाले घातक बलिङ गरेका थिए । 

ad
ad