१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आचारसंहिता उल्लंघन गर्नेहरूमाथि  थप छानबिन गर्दै निर्वाचन आयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:३८:oo

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा मुछिएका व्यक्ति तथा संस्थाविरुद्ध थप छानविन गर्न मातहत निकायलाई निर्देशन दिएको छ । आयोगले स्पष्टीकरण सोधिएका विभिन्न दलका उम्मेदवार तथा संस्थाका प्रतिनिधिमाथि थप अध्ययन तथा छानबिन गर्न जिल्लामा सर्कुलर गरेको हो । 

आचारसंहिता उल्लंघन गरेको उजुरी, सूचना तथा स्वअनुगमनका आधारमा आयोगले हालसम्म ६० जनाभन्दा बढीसँग स्पष्टीकरण सोधेको छ । अधिकांशको जवाफ आइसकेको छ । जवाफ नआएको र चित्तबुझ्दो जवाफ नआएका व्यक्ति तथा संस्थामाथि लागेको आरोप तथा अभियोगमा थप अध्ययन गर्न जिल्लामा निर्देशन गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

‘आयोगमा आएका उजुरीका आधारमा स्पष्टीकरण सोधिएको थियो । प्रारम्भिक सूचना र जवाफका आधारमा निर्णय गर्न नसकिएकाले स्थानीयस्तरबाटै थप स्पष्ट हुन खोजिएको हो । उजुरीले थप अध्ययन तथा छानबिन गरेर प्रतिवेदन पठाउन भनिएको हो । जिल्लामा मुख्य निर्वाचन अधिकृत, सिडिओ हुन्छन् । उहाँहरूले के भएको हो ग्राउन्ड रियालिटी थाहा हुन सक्छ । धरातलीय यथार्थ बुझेर पठाउनुस् भनिएको हो,’ उनले भने ।

आयोगले थप अध्ययन गरी प्रतिवेदन पेस गर्न गरेको पत्राचारमा प्रचण्डदेखि सहरी विकासमन्त्री मेटमणि चौधरी, खानेपानीमन्त्री उमाकान्त चौधरी, जनमत पार्टीका अध्यक्ष सीके राउत, कांग्रेस नेता वीरबहादुर बलायर, इन्द्र बानियाँ, दुर्लभ थापासमेत छन् । 

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, विरोध खतिवडा, माओवादीका लक्षिराम आचार्य, एमालेका बद्री मैनाली, ऐनबहादुर महरले गरेको भनिएको आचारसंहिता उल्लंघनको गतिविधिमा छानबिन गर्न भनिएको छ । 

माओवादी अध्यक्ष प्रचण्डले गोरखा २ मा मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । उनले थाहा नभएको र योजना पनि नभएको जवाफ दिँदै स्वतःस्फूर्त रूपमा आएको उल्लेख गरेका थिए । सहरी विकासमन्त्री चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितको नाममा चामल वितरण गरेको भन्दै स्पष्टीकरण सोधिएकोमा राज्यको दायित्व भएको जवाफ दिएका थिए । 

खानेपानीमन्त्री चौधरीले चुनावी प्रचारमा सरकारी गाडी दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । जाँचबुझ गर्न बारा प्रहरीलाई समेत पत्राचार गरिएको थियो । सिके राउतलाई उम्मेदवारी दर्ता गर्दा सयौँको भिड प्रदर्शन गरेको, चुनाव अंकित टिसर्ट प्रदर्शन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । 

ad
ad