१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २o:३२:oo

जिल्लामा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ। मतदाता शिक्षा जिल्लास्तरीय समितिको सोमबार सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदायस्तरमा लैजाने निर्णय गरेको हो।

बैठकले मंसिर १ गतेसम्म स्थानीय तहका सबै वडामा एकैसाथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। मतदाता शिक्षासम्बन्धी सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै स्थानीय तहले आयोगको अनुमतिमा विभिन्न संघसंस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षासम्बन्धी घरदैलो, घुम्ती टोली कार्यक्रमको समन्वय, सहजीकरण र अनुगमन गर्नेछ।  

जिल्लामा प्राप्त शिक्षा सामग्री सरोकारवालालाई उपलब्ध गराई मतदाता शिक्षासम्बन्धी अध्ययन, अनुसन्धानलाई आवश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। समितिको संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बैठक बसेको थियो।

मतदाता शिक्षाका लागि जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहेको छ भने पालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडा तहमा वडासचिवको संयोजकत्वमा समिति रहने व्यवस्था छ।

ad
ad