१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोहोरो अंकको वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:o१:oo

तिहार बिदापछि पहिलोपटक खुलेको सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १६.३९ अंकले बढेर एक हजार आठ सय ७४.८७ बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको  कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर तीन सय ७०.८७ बिन्दुमा पुगेको छ।

यस दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये विकास बैंक समूहको सूचक घटेको छ भने अन्य १२ समूहको सूचक सामान्य अंकले बढेको छ।

यस दिन सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यसैगरी नेपाल एसबिआइ बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, एनआइसी एसिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य पाँच प्रतिशतदेखि ८.२४ प्रतिशतले बढेको छ।

यतिवेला लाभांशको समय चलेको छ। लाभांशको समयमा सेयर बजारलाई सकारात्मक रूपमा लिन सकिने लगानीकर्ताहरू बताउँछन्। चुनावी माहौल पनि भएकाले यसले  बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्न सक्ने लगानीकर्ताहरूको अनुमान छ। यस दिन अपर हेवाखोला हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार प्रतिशतदेखि ८.१६ प्रतिशतसम्मले घटेको छ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा बढी सेयर बिक्री हुने कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ। बैंकको ६१ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

त्यसैगरी एभरेष्ट बैंक,  नबिल बैंक, प्रभु बैंक र शिवम् सिमेन्टको १६ लाखदेखि ६१ लाख ७२ हजार रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

ad
ad