१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रासस भैरहवा
२o८१ जेठ ४ शुक्रबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देहीमा कारको ठक्करबाट तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, भैरहवा
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:५o:oo

रुपन्देहीको सदरमुकाम भैरहवानजिकै कारको ठक्करबाट एक शिशुसहित तीनजनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीनजनाको मृत्यु भएको हो।

घटनामै परेका शिशुकी आमासहित दुईजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए। अर्यालका अनुसार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन्।

सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका उनले बताए। घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। उनीहरूमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले जानकारी दिए।

छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो। कारको पहिचान अहिलेसम्म हुन सकेको छैन। प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।

ad
ad