१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१३ कम्पनीको लाभांश प्रस्ताव बोनसभन्दा नगद प्राथमिकतामा

अघिल्लो वर्षको तुलनामा कम्पनीहरू बोनस सेयरभन्दा नगद लाभांशमै केन्द्रित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४९:oo

वाणिज्य बैंकसहित १३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधारणसभा बोलाएका कम्पनीहरूले लाभांश प्रस्ताव गरेका हुन् । कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा बोनस सेयरमा भन्दा बढी नगद लाभांशमै बढी केन्द्रित देखिएका छन् ।

 ग्लोबल आइएमई बैंकको १०.६ प्रतिशत नगद लाभांश
ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र १० दशमलव ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष ०७७/७८ मा १० प्रतिशत बोनस सेयर र तीन दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । 

 सानिमा बैंकको लाभांश घट्यो
सानिमा बैंकको अघिल्लो वर्षको तुलनामा लाभांश घटेको छ । बैंकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ दशमलव ८९ प्रतिशतसम्म लाभांश दिएकोमा यसपटक घटेको हो । सानिमा बैंकले यसपटक अघिल्ला वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश दिएको छ ।

 बैंक अफ काठमाण्डूको नगद लाभांश बढ्यो, बोनस घट्यो
बैंक अफ काठमाण्डूले अघिल्लो वर्षको मुनाफाबाट २० दशमलव ९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष ०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । 

 एनसिसी बैंक बोनस घट्यो
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३ दशमलव ३७ प्रतिशत बोनस सेयर र ७ दशमलव ६४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष ०७७/७८ मा ८ प्रतिशत बोनस सेयर र ० दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

 कुमारी बैंकको नगद मात्रै
कुमारी बैंकले अघिल्लो वर्षको मुनाफाबाट बोनस सेयर दिएको छैन । बैंकले नगद लाभांश १२ दशमलव ५ प्रतिशत मात्र दिएको हो । आर्थिक वर्ष ०७७÷७८ मा ६ प्रतिशत बोनस सेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश दिएको थियो । 

 सिटिजन्सको लाभांश खस्कियो 
वाणिज्य बैंक समूूहतर्फ सिटिजन्स बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ । सिटिजनले गत आर्थिक वर्षको मुुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमध्ये १२ दशमलव ७ प्रतिशत बोनस सेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश थियो । 

 सोल्टी होटेलको २६.३२ लाभांश
सोल्टी होटेलले २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । होटेलले ५ प्रतिशत बोनस सेयर र २१ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 जलविद्युत्मा तीन कम्पनीको लाभांश प्रस्ताव
जलविद्युुत् समूूहतर्फ अरुण काबेली पावरले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ भने सानिमा माई हाइड्रोपावर कम्पनीले ५ दशमलव २७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

अघिल्लो वर्ष अरुण काबेली पावर कम्पनीले १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।त्यस्तै, रुरु जलविद्युत् परियोजनाले अघिल्लो वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष पनि परियोजनाले सोहीबराबरको लाभांश प्रस्ताव गरेको थियो ।

 निफ्राको लाभांश अघिल्लो वर्षभन्दा खुम्चियो
लगानी समूूहअन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चार दशमलव ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । कम्पनीले लगानीको क्षेत्र बढाउँदै जाने योजना बनाएको भए पनि नाफामा खासै उत्साहजनक प्रगति देखिएको छैन ।

त्यसैगरी, उत्पादनमूलक समूहअन्तर्गत नेपाल ल्युुब आयल लिमिटेडले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा कम्पनीले ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । त्यसैगरी, बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले बोनस सेयर नभई नगद लाभांश मात्र प्रस्ताव गरेका छन् । बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद र बोटलर्स नेपाल (बालाजु)ले २० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

 नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घट्यो
अघिल्लो वर्षको नाफाबाट नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअघि इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश  दिएको थियो ।

 

 

ad
ad