१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस कालिकोट
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

Read Time : < 1 मिनेट
रासस, कालिकोट
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझै खुल्न सकेको छैन। करिडोरअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका– १ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझै खुल्न नसकेको हो।

उक्त क्षेत्रमा अहिले पनि सुक्खा पहिरो खसिरहेको छ। करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ। ‘निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन,’ निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर अनन्त बरालले भने, ‘पहिरो खसेको स्थलमा एक्स्काभेटर छन्, तर काम गर्न सकिएको छैन।’

पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नभएको उनको भनाइ छ। उनले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताए।

‘हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छाउन सकिएको छैन,’ हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले भने, ‘पहिरो रोकिएपछि काम सुरु गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन्।’

कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरुद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका– ५ स्युनाका रजबहादुर शाहीले बताए। कर्णाली करिडोरअन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा एक सय १३ किलोमिटर सडकखण्ड छ।