१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:११:oo

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको हो।

निर्वाचनका लागि आयोगले ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी गरिरहेको छ। यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाइसकेको छ। यद्यपि, ती जिल्लामा सबै सामग्री ढुवानी भइनसकेको आयोगले जनाएको छ।