१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ कारागारमा एक कैदीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५४:oo

जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ। शनिबार राति २ बजेतिर कारागारमा अचानक बेहोस भएका कैदीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङका अनुसार मृत्यु हुनेमा जिल्लाको दूधपोखरी गाउँपालिका– १ का अन्दाजी ३६ वर्षीय  रोहनराज धिताल रहेका छन्। आपराधिक उपद्रव मुद्दामा ०७८ वैशाख १२ मा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले दुई वर्ष कैद बस्नुपर्ने फैसला गरेको थियो।

ad
ad