१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सन्दीपविरुद्धको थुनछेक बहस मंगलबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o४:oo

बालिका जबर्जस्ती करणी अभियोगमा  प्रहरी हिरासत रहेका सन्दीप लामिछानेविरुद्धको अभियोग पत्र सोमबार अदालतमा दर्ता हुने भएको छ । उनीविरुद्धको अभियोग पत्र तयार भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालय सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गर्ने तयारीमा पुगेको हो । 

प्रहरीले गत ४ कात्तिकमै उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । प्रहरीका अनुसार उनीविरुद्ध मंगलबार थुनछेक बहस हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता एसपी दिनेश मैनालीले लामिछानेविरुद्धको अनुसन्धान सकिएकाले अब थुनछेक बहस हुने बताए । ‘सन्दीपविरुद्ध हामीले शुक्रबार नै अनुसन्धान प्रतिवेदन बुझायौं । सरकारी वकिल कार्यालयले अभियोग पत्र बनाइसक्यो होला । सोमबार अदालतमा दर्ता हुनेछ  । मंगलबार  थुनछेक बहस होला,’ उनले भने ।

प्रहरीका अनुसार हिरासतमा रहेका लामिछानेसँग बयान लिने काम ४ कात्तिकमा सकेर त्यही दिन अनुसन्धान प्रतिवेदन सकारी वकिलको कार्यालयमा बुझाइएको थियो । त्यसअघि उसले दुई दिनको म्याद थप गरेको थियो । प्रहरीले उनीसँग विभिन्न १३ प्रश्न सोधेको थियो । सबै प्रश्नको जवाफ लिपिबद्ध गर्ने काम पूरा भइसकेको छ । यस क्रममा घटनासँग जोडिएका र बयानमा पोलिएका सबै व्यक्तिसँग प्रहरीले सोधपुछ गरिसकेको छ । 

प्रहरीले लामिछानेविरुद्ध २० असोजबाट गणना हुनेगरी पहिलो पटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो । दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । जसको अविध मंगलबार सकिएको थियो । सर्वजनिक बिदा भएकाले मंगलबार म्याद थप हुनसकेन । प्रहरीले उनीविरुद्ध २४ असोजबाटै बयान लिने काम सुरु गरेको थियो । यसक्रममा उनले प्रहरीसमक्ष ‘इन्कारी बयान’ दिएका थिए । तर, बलात्कृत भनिएकी बालिकासँग भेट भएको भने उनले स्वीकार गरेका छन् ।
 

ad
ad