१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार १७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

 पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:३६:oo

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका छन्।

अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तर-पश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उनले बताए। तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्था रहने उनले जानकारी दिए। 

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने पनि स्पष्ट पारे। अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने उनले बताए। उनका अनुसार डिसेम्बर महिनाको सुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जानेछ। 

ad
ad