१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला पन्तको घरमा कार्यालय खोलेर लेखकलाई ‘बागी’को चुनौती 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि कञ्चनपुरमा १५ राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र र बागी उम्मेदवार गरी चुनावी मैदानमा छन्। 

उनीहरूले मतदाता आफ्नो पक्षमा पार्न चुनावी एजेन्डा लिएर जनताको घरदैलोदेखि सम्पर्क कार्यालय खोलिरहेका छन्। 

निर्वाचन क्षेत्र ३ बाट कांग्रेसका रमेश लेखकविरुद्ध बागी दिएका नेता दीपकबहादुर सिंहले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकाे घरमा सम्पर्क कार्यालय खोलेका छन्। 

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा मुख्य सम्पर्क कार्यालय खोलेका सिंहले भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित निर्मला पन्तको घरमा समेत सम्पर्क कार्यालय खोलेका हुन्। 

सिंहले निर्मलाको न्यायका लागि लड्ने बताए। सिंहले ‘पटक–पटक होइन, एकपटक राजनीतिक सेवा हो,’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएका सिंहका कार्यकर्ता रवीन्द्र तिवारीले निर्मला पन्तलाई न्याय दिनका लागि उनकै घरमा सम्पर्क कार्यालय खोलेको बताए।
 
‘उहाँ उम्मेदवारज्यूले निर्मलाको न्यायकै लागि निर्मला जन्मेकै घरमा सम्पर्क कार्यालय खोलेको हुनुपर्छ, ‘तिवारीले भने, ‘यस क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेका हुन्।’