१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार २o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुरमा ‘नवबालेन’ले चलाए लौरो अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २o:५५:oo

पूर्वी नवलपरासीका लौराे अभियानकर्मी उम्मेदवारले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पदचाप पछ्याउँदै घरदैलो अभियान सुरु गरेका छन्।

नेपालको राष्ट्रिय झन्डा ओढ्दै, हातमा लौरो बोकेर ‘हामी नवबालेन, हामी बालेन साहको पथ पछ्याउँदै तपाईंहरूको घरदैलोमा आएका छौँ’ भन्दै उनीहरूले भोट माग्दै घरदैलो गरेका हुन्।

नवलपुर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिएका जगन्नाथ पोख्रेल र प्रदेश सभा २ (क) का यदुनाथ सिग्देल उम्मेदवारी दिएलगत्तै घरदैलो अभियानमा जुटेका हुन्।

घरदैलो अभियानमा कतिपयले उनीहरूको कुरा पनि सुन्दैनन् भने कतिपयले हामीलाई पनि बालेनजस्तै नेता चाहिएको छ भन्दै ती उम्मेदवारलाई हौस्याउने गरेको घरदैलो अभियानका क्रममा देख्ने पाइन्छ।

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा लौरी अभियानअन्तर्गत हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभामा दुईजना र प्रदेश सभामा दुईजना गरेर चारजनाले उम्मेदवार दिएका छन्। तीमध्ये यदुनाथ सिग्देल दृष्टिविहीन उम्मेदवार हुन्।

सिग्देलले जनआन्दोलनको क्रममा आँखामा गोलीको छर्रा लागेर दृष्टि गुमाएका हुन्। नवलपुरमा ६ पदका लागि ६ दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्। नवलपुरमा अहिले ठूलादेखि साना पार्टी र स्वतन्त्र उम्मेदवार सबै ससानो समूह बनाएर घरदैलो अभियानमा जुटेका छन्।

 

ad
ad