१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ८ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ कार्तिक ८ मंगलबार १o:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले दिए ४२ वर्षीय सुनकलाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ८ मंगलबार १o:o२:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्री चयन हुन लागेका कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका हुन् । देउवाले लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेका छन् । 

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबुआमा भारतीय मूलका हुन् । उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत गएका हुन् ।

https://twitter.com/SherBDeuba/status/1584740442910109696