१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका सोमालिया
२o७९ कार्तिक ७ सोमबार १८:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सोमालिया होटेल विस्फोटमा १३ जना मारिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोमालिया
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १८:२५:oo

सोमालियाको जुबाल्यान्ड राज्यको व्यापारिक राजधानी किसमायोको दक्षिणी बन्दरगाह सहरको एउटा होटेलमा आइतबार भएको आक्रमणमा चार आक्रमणकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य ४७ जना घाइते भएका छन्। आइतबार साँझ जुबाल्यान्डका रक्षामन्त्री युसुफ हुसेन उस्मानले देशको नामचलेको तवाकल होटेलको मूलढोकामा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किँदा उक्त हताहती भएको बताएका छन्।

आत्मघातीलाई नियन्त्रणमा लिन आठ घण्टासम्म सुरक्षा कारबाही गर्नुपरेको थियो। अन्ततः  सुरक्षा बल आत्मघातीहरूको  घेराबन्दी अन्त्य गर्न सफल भएको थियो। एकजना आत्मघाती हमलाकारीसहित चारैजना आक्रमणकारी मारिएका सेनातर्फ कोही घाइते नभएका र कुनै मानवीय क्षति पनि नभएको उनले बताए। होटेलमा फसेका धेरैलाई सुरक्षा बलले उद्धार गरेको थियो। उग्रवादी समूह अल–सबाबले आक्रमणको जिम्मेवारी लिएको छ।