Skip This
धौलागिरि आधार शिविरमा मोना हङकङको टोली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
कमल खत्री जोमसोम
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धौलागिरि आधार शिविरमा मोना हङकङको टोली

Read Time : < 1 मिनेट
कमल खत्री, जोमसोम
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

हङकङमा रहेका प्रवासी म्याग्देलीहरूले धौलागिरि पदमार्गको भ्रमण गरेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवर्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमूलक टोलीले सामूहिक पदयात्रा गरेका हुन्। 

बेनीदेखि एक साताको पदयात्रामा आधार शिविर पुगेको टोलीले यस क्षेत्रको पर्यटन सम्भावनाको स्थलगत अवलोकन तथा भ्रमण गरेर फर्किएका छन्। धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने लक्ष्य रहे पनि प्रतिकूल मौसमका कारण आधार शिविरसम्मको भ्रमण गरेर फर्किएको मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले जानकारी दिए। 

बेनीदेखि मोना हङकङमा आवद्ध १० जनासहित सञ्चारकर्मी, पथप्रदर्शक र सहयोगीसमेत गरी ३२ जनाको टोलीले धौलागिरि आधार शिविरतर्फ प्रस्थान गरेकामध्ये केही इटाली आधार शिविरबाट फर्किएका थिए। आधार शिविरसम्म अध्यक्ष पुन र उनकी पत्नी मनु पुन तथा पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर र उनकी पत्नी लक्ष्मी थापा मगरसहित पदप्रदर्शक र भरियासमेत गरी २३ जना पुगेका थिए।