Skip This
ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

दसैँको समयमा बारामा बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि ट्राफिक प्रहरी सचेत देखिएको छ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले मानवीय तथा यान्त्रिक चेकजाँच थालेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले यात्रुबाहक सवारीको यान्त्रिक एवं चालकको सडकमै स्वास्थ्य जाँचको व्यवस्था गरी चेकजाँचलाई तीव्रता दिएको छ। विशेषगरी चाडबाडमा हुने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चेकजाँच सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

कार्यक्रममा सचेतनामूलक स्टिकर टाँस्ने, ब्रेक तथा टायरको हावा जाँच र चालकको स्वास्थ्य परीक्षणजस्ता कार्य गरिएको छ। विशेषगरी यात्रुबाहक सवारीका चालकको स्वास्थ्य अवस्था तथा यात्रुबाहक सवारीसाधनको यान्त्रिक अवस्थाबारे परीक्षण गरी खराबी देखिए उपचारात्मक पद्धतिमा जानका लागि सुझाव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सवारीचालकले आँखा राम्रोसँग देख्छन् कि देख्दैनन् ? ब्लडप्रेसर कस्तो छ ? स्वयं चालक र सवारीसाधानको अवस्था के छ भनेर चिकित्सकको टोली र प्राविधिकसहितले स्वास्थ्य जाँच र सवारीसाधनको यान्त्रिक परीक्षण गरेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए।

यस्तै, ट्राफिक प्रहरीले लामो दूरीका सवारीलाई टाइमकार्डको समेत व्यवस्था गरेको छ। बारादेखि सप्तरीसम्मको दूरीमा सवारीलाई टाइमकार्ड लागू गरिएकोे हो। बाराको अमलेखगन्जनजिकै दसैँको टीकाको भोलिपल्ट भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए।