१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन पद, पैसा, प्रलोभनबाट प्रभावित हुनुहुँदैन : प्रमुख आयुक्त थपलिया

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:४१:oo

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । 

दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदातामा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाडपर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरेका हुन् ।

‘आपसी सदभाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाडपर्वहरूलाई खर्चिलो र भड्किलो बन्न दिनुहुनेछैन भन्ने विश्वास लिएको छु,’ प्रमुख आयुक्त थपलियाले भनेका छन्, ‘चाडपर्वको मौका पारी निर्वाचनका लागि जारी गरिएको आचारसंहिताविपरीत मतदातालाई अवाञ्छित रूपमा प्रलोभन दिने र प्रभावित पार्नेजस्ता गतिविधि नगर्न म सम्बन्धित दल, उम्मेदवार र सबै मतदाताहरूमा अपिल गर्दछु ।’

उनले फूल, बत्ती र रङको पर्व दीपावली तथा सदभाव र भ्रातृत्वको प्रतीक छठ पर्वले हरेक मान्छेको जीवनमा उल्लास, उमंग र ऊर्जा ल्याएजस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्नेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन् । 

ad
ad