१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक ७ सोमबार o९:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री गगन थापालाई आयोगको स्पष्टीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार o९:५२:oo

निर्वाचन आयोगले नेपाली का‌ंग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ । उनले ट्विटरमार्फत काठमाडौं क्षेत्र नम्बर ४ का जनताका लागि  फेरि निःशुल्क डेंगु परीक्षण गर्ने अभिव्यक्ति दिएका थिए ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ ।

 स्पष्टीकरण–पत्रमा भनिएको छ– निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी हुँदाहुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुने गरी ट्विटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

‘निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहित हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगु परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान र्छौँ’ भन्नेसमेत विषय उल्लेखित ट्विट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले आफ्नो ट्विटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनुनपर्ने हो ?’ स्पष्ट पार्न भनिएको छ ।