१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
Invalid date format ११:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री शाहीको प्रस्ताव– सबै उम्मेदवारले एउटै मञ्चबाट चुनाव प्रचार गरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनमा सबै दलका उम्मेदवारलाई एकै मञ्चबाट चुनावको प्रचार गर्न प्रस्ताव गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो प्रस्ताव गरेका हुन्। 

चुनाव प्रचारका लागि दलहरूले फरक–फरक कार्यक्रम गर्दा शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई समस्या हुने मात्र नभई मतदातालाई पनि उम्मेदवारका एजेन्डा एकै मञ्चबाट सुनेर मत दिन सजिलो हुने भन्दै उनले जिल्लाका सबै उम्मेदवारलाई एकै ठाउँबाट आफ्ना प्रतिबद्धता सार्वजनिक गर्न प्रस्ताव गरेका हुन्।

‘सबै उम्मेदवारले एकै मञ्चबाट आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने अवस्था सिर्जना गरेर हुम्लाबाट नयाँ खालको सन्देश दिऔँ,’ कांग्रेसको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख)का उम्मेदवारसमेत रहेका मुख्यमन्त्री शाहीले भने, ‘निर्वाचनमा सधैँ विवाद मात्रै हुन्छ भन्ने त्रासबाट मुक्त गर्नका लागि पनि म जिल्लाका सबै उम्मेदवारलाई एकै कार्यक्रममा सहभागी भएर आफ्ना एजेन्डा राख्न अनुरोध गर्छु।’

निर्वाचनको सुरक्षाका लागि प्रदेश सरकार हरेक सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले निर्वाचनमा प्रतिस्पर्धीलाई व्यक्तिगत आक्षेप नलगाउन उम्मेदवारलाई आग्रह गरे। ‘म अरूभन्दा यो कारणले योग्य छु भनेर मतदातासँग भन्दा भइहाल्छ। आफू पदमा हुँदा गरेका कामलाई सबै नागरिकले नियालिरहेका छन्। त्यसैले उम्मेरदवारलाई व्यक्तिगत रूपमा गालीगलौज गर्नुभन्दा आफ्ना प्रतिबद्धता प्रस्तुत गरेर राजनीतिक संस्कार देखाउने गर्नुपर्छ,’ उनले थपे।

नेपाली कांग्रेका केन्द्रीय सदस्यसमेत रहेका शाहीले आफ्नो पार्टीको बैठकमा विपक्षी दलका कुनै पनि उम्मेदवारलाई व्यक्तिगत गाली नगर्न निर्देशन दिएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल, सञ्चारजगत्, सुरक्षा निकायले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने बताइन्। कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत श्याम रानाले निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ मा उल्लेख भएका आचारसंहिताबारे जानकारी गराएका थिए।