१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्वेन्द्रलाई प्रत्यक्षमा उठाउने एमालेको निर्णय अराजनीतिक : भीमसेनदास प्रधान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१९:oo

काठमाडौं ६ मा कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाउने एमालेको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्। खनालले नेपाल प्रहरीको प्रमुख हुँदा हासिल गरेको विशेषज्ञतालाई समानुपातिकमार्फत या राष्ट्रिय सभामा प्रयोग गर्नुपर्नेमा प्रत्यक्षमा उठाएर एमालेले अराजनीतिक निर्णय लिएको उनको टिप्पणी छ।

जमलस्थित एल्लाे प्यागाेडा होटेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानले सर्वेन्द्र नेविसंघ राजनीतिबाट आएको र अहिले त्यसैको विरोध गरिरहेकाे बताए। ‘भर्खर आएका मान्छेलाई यहाँका जनताको पीडा थाहा हुँदैन,’ उनले भने, ‘उहाँको विशेषज्ञता प्रयोग गर्ने ठाउँ छन्। प्रत्यक्ष त पार्टीमा योगदान गरेकालाई दिइने अवसर हो।’

निवर्तमान सांसदसमेत रहेका प्रधानले अहिलेको निर्वाचन संविधानको पक्षधर र संविधान नमान्ने बीचको भएको बताए। उनले संविधान संरक्षण र कार्यान्वयनका लागि सत्तागठबन्धनका दलको चिह्नमा मतदान गर्न आग्रह गरे।

एमालेमा निरंकुश प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले प्रश्न उठाउँदा भीम रावल, घनश्याम भुसाललगायतलाई टिकट नदिएको उल्लेख गर्दै कांग्रेसमा व्यापक छलफलपछि मात्रै टिकट वितरण गरिएको दाबी गरे।

ad
ad