१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनखानी–साङ्बा सडक सुचारु गर्न वैकल्पिक मार्ग निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

लापिलाङ पहिरोका कारण विगत दुई महिनादेखि अवरुद्ध दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडक सुचारु गर्न वैकल्पिक मार्ग निर्माणको काम सुरु गरीएको छ।

विगत तीन वर्षदेखि रानीवन पहिरोले लापिलाङको सयौं रोपनी खेतियोग्य जमिन, दर्जनौं घर र सडकसमेत बगाएपछि अवरुद्ध बनेको सुनखानी–साङ्वा सडकको वैकल्पिक मार्ग निर्माण सुरु गरीएको हो। कालिञ्चोक गाउँपालिकाले स्थानीय बासिन्दाहरुसँगको समन्वयमा वैकल्पिक मार्ग निर्माण सुरु गरेको वडा नं ५ का अध्यक्ष सहदेव खड्काले जानकारी दिए। उनका अनुसार सडकखण्डको मिजारटोलबाट डाँडाथोक, कुलिङथली, कुम्पाडो हुँदै घट्टेखोला पुगेर पुनः सुनखानी–साङ्बा सडकमा जोडिने छ। 

लापिलाङ पहिरोले सडकको झण्डै १५० मिटर क्षेत्र मर्मत नै गर्न नमिल्ने गरी बगाएको छ। पहिरोले सडक अवरुद्ध भएपछि लापिलाङका १० स्थानीयले नयाँ ट्रयाक खन्न जग्गा उपलब्ध गराएका जग्गादातासमेत रहेका वडा सदस्य दीनेश थामीले बताए। उनले अर्को विकल्प नभएकाले पहिरोले लगेर थोरै बाँकी रहेको जग्गासमेत सडकलाई दिएको बताए। अहिले कालिञ्चोक गाउँपालिकाको एक्साभेटरले सडक निर्माणको काम गरिरहेको छ। सडक अवरुद्ध हुँदा उपल्लो क्षेत्रका स्थानीयले निकै कष्ट व्यहोर्नुपरेको छ। अबको केहीदिन पछि नै सडक सञ्चालनमा आउने सडक निर्माणमा जुटिरहेका कालिञ्चोक–४ का वडाध्यक्ष दिपक खुलालले बताए। सिधा सडक पहिरोले बगाएपछि अव निर्माण हुने सडक केही लामो र घुमाउरो हुने भएपनि त्यसको विकल्प नरहेको स्थानीय गगन थापाले बताए।

सडक व्यवस्थापनमा स्रोतको खोजी गर्छौं : पूर्वाधार विकास कार्यालय 
उक्त सडक कालोपत्रे गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले उक्त खण्डमा छुट्टै स्टिमेट नभएकाले स्रोतको खोजी गरी सडक व्यवस्थापन गर्ने जनाएको छ। कार्यालयका इन्जिनियर रबिन खातीले नयाँ ट्याकमा तत्काल स्तरोन्नती तथा कालोपत्रे गर्न नमिल्ने बताउँदै दैनिक सवारी सञ्चालन गर्न योग्य बनाएर क्रमशः बाँकी काम गरिने जानकारी दिए।

कार्यालयले सुनखानी–साङ्बा सडकको १५ किलोमिटर खण्ड कालोपत्रे गर्न ठेक्का लगाएको छ। ठेकेदार कम्पनीले कामसमेत सुरु गरिसकेको छ।