१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:५५:oo

मकवानपुरको पुर्वी क्षेत्र  बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा परी अरु तीन घाइते भएका छन्। मृत्यु हुनेमा मलामी गएर फर्केका बागमती  ८ का राम बहादुर गोले रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा  अटो चालक बागमती ८ निवासी सिंह बहादुर योन्जन, अटोमा सवार सोही वडाका  वीर बहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।  घाइते तीन जनामध्ये एकजनालाई थप उपचारका लागि भरतपुर पठाइएको र दुईजनाको हेटौंडा-११ स्थित  चुरेहिल अस्पतालमा उपचार भइहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-५  कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो । ट्रक इलाका प्रहरी कार्यालय फापरबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ad
ad