Skip This
समानुपातिकतर्फका ४०७ उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन, नबुझाए बन्दसूचीबाट नाम हट्ने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समानुपातिकतर्फका ४०७ उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन, नबुझाए बन्दसूचीबाट नाम हट्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फका चार सय सात उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन हो । निर्वाचन आयोगले केहि दिनअघि सूचना निकालेर आजसम्मलाई समय दिएको थियो । आयोगले आज शनिबार परेपनि  प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन भनेको छ ।  जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने आयोगको निर्णय छ । 

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई आयोगको ३१ भदौको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारहरूको नाम ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरू आफूलाई तोकिएको जरिवाना बापतको रकम आयोगलाई बुझाउनु पर्नेछ । उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा ५ कात्तिक (आज) कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

समानुपातिकतर्फका जरिवानामा परेका चार सय ३९ उम्मेदवारमध्ये शुक्रबारसम्म ३२ जनाले जरिवाना बुझाइसकेका छन् । चार सय ७ जना बाँकी छन् । प्रत्यक्षतर्फ ७१ जना उम्मेदवारले जरिवाना बुझाएका थिए । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएर जरिवानामा परेका एक लाख २३ हजार ६ सय २४ उम्मेदवारमध्ये  पाँच सय १० जना उम्मेदवार बनेका थिए ।