Skip This
गुल्मीमा गाई काट्ने चारजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा गाई काट्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१६:oo

गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन् । शुक्रबार राति मालिका गाउँपालिका-२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप बहादुर रसाइली र ३५ वर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो । सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए ।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । नेटा दर्लिङ्गमा गाई काट्ने बिषय सामान्य बन्दै गएको छ । बिगतमा पनि त्यस स्थानमा गाई काटेको आरोपमा थुप्रै व्यक्ति पक्राउ परेका छन् ।