मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ कार्तिक ४ शुक्रबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बम विस्फोटमा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार १८:४४:००

पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौनाजस्तो यन्त्र फेला  पारेको र त्योसँग खेल्दा विस्फोट भई तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो। काला-ए-नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा आठदेखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।

केही दिनअघि छिमेकी फराह प्रान्तमा पनि यस्तै विस्फोटमा परी एक बालकको मृत्यु भएको थियो। अफगानिस्तानलाई विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरूमध्ये एक मानिन्छ। यस किसिमका विस्फोटले देशमा हरेक महिना दर्जनौँको ज्यान  जाने गरेको छ।