१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ४ शुक्रबार १५:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई महिनामा भित्रियो एक खर्ब ८७ अर्ब रेमिट्यान्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १५:५१:oo

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थालेपछि रेमिट्यान्स आप्रवाह पनि बढ्न थालेको छ। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ।

दुई महिनाको अवधिमा विभिन्न देशबाट एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। गत वर्षको सोही अवधिमा एक खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। पछिल्लो समय मलेसियालगायत देशमा रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भएर एक लाख तीन हजार आठ सय ९८ पुगेको छ। यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार एक सय ८९ पुगेको छ।