१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोबाइल सुरक्षित राख्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:३९:oo

- मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्दा कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगिन्छ ।

- मोबाइलको स्क्रिनमा टेम्पर्ड ग्लास राख्नाले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ, खसिहाले पनि स्क्रिन फुट्नबाट जोगिन्छ । 

- पानी र चिसोका कारण मोबाइल बिग्रने गर्छ । त्यसैले अत्यधिक तातोले पनि समस्या निम्त्याउँछ । यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ । पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने गर्न पनि हुँदैन । 

- मोबाइलको चार्ज १० प्रतिशतभन्दा तल हुन दिनुहुँदैन । यस्तो भएमा ब्याट्रीमा समस्या आउन सक्छ । त्यस्तै, रातभर चार्ज गर्न पनि हुँदैन । ब्याट्री फुल भएपछि चार्ज अफ गर्नुपर्छ । 

ad
ad