१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Thursday, 03 July, 2025
२o७९ कार्तिक ३ बिहीबार १८:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुरुष फुटबलको स्वर्ण एपिएफलाई

सडेन डेथमा आर्मी पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १८:३७:oo

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपिएफले जितेको छ। पोखरा रंगशालामा भएको खेलमा टाइब्रेकरमा त्रिभुवन आर्मीलाई ६–५ (सडेन डेथ) ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो।

एपिएफको जितमा गोलरक्षक राजु नगरकोटी नायक बने। उनले टाइब्रेकरमा दुई पेनाल्टी प्रहारलाई रोक्न सफल भएपछि एपिएफ स्वर्ण जित्न सफल भएको हो। 

९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा पनि सुरुका पाँचवटै पेनाल्टी प्रहारमा दुवै टिमले चार–चार गोल गरे। त्यसपछि खेल सडेन डेथमा पुगेको थियो, जहाँ एपिएफले बाजी मार्यो। 

सुरुवाती पेनाल्टी प्रहारमा एपिएफका अभास लामिछाने, नवीन लामा, सुदीप शिख्राकार र राजु योगीको बलले जाली चुम्यो भने सनिस श्रेष्ठको प्रहार बाहिरियो। 

यस्तै, आर्मीका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की,  सीमान्त थापा र विवेक बस्नेतले गोल गरे भने सेसेहाङ आङदम्बेको प्रहार एपिएफका गोलरक्षक राजु योगीले बचाए।

त्यसपछि एपिएफका दीपेश धिमाल र आर्मीका विकास खवासको बल गोलमा परिणाम भयो। यति वेलासम्म खेल पाँच–पाँचको अवस्थामा पुगेको थियो। 

त्यसपछि एपिएफका मणि लामाले गोल गरे। तर, त्यसपछि आर्मीका सुमन अर्यालको प्रहार एपिएफका गोलरक्षक राजुले बचाएपछि खेल एपिएफको पोल्टामा पुग्यो।