१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:o१:oo

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। आफू अभिनीत फिल्म ‘महापुरुष’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे।

‘मलाई अभिनय गर्न मन लाग्छ। कहिलेकाहीँ स्वास्थ्यले साथ दिँदैन। तैपनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु,’ अभिनेता श्रेष्ठले भने। महापुरुष भाइटीकाको भोलिपल्ट प्रदर्शनको तयारीमा छ।

पछिल्लो समय अभिनय र गायनमा आफ्नो सक्रियता घटे पनि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेको उनले बताए। ‘बाहिर काम गर्न केही असहज हुन्छ। महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु। यो फिल्ममा हाम्रै टेलिशृंखलाबाट निर्देशनको सुरुवात गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’ अभिनेता श्रेष्ठले भने।

लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए। ‘काठमाडौँमै छायांकन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ। मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ। उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ,’ निर्देशक भट्टराईले भने।

श्रेष्ठ र भट्टराईले यसअघि ‘शत्रु गते’मा सँगै काम गरेका थिए। पत्रकार सम्मेलनमा हास्य कलाकार एवं अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे। ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ। यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु,’ अभिनेता आचार्यले भने। 

फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारको अभिनय रहेको छ।

ad
ad