मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक ३ बिहीबार ०५:५४:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक ३ बिहीबार ०५:५४:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ । नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ । 

अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो । जसमध्ये डेंगुको सेरोटाइप १ र ३ देखिएको अस्पतालका माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईले बताए । उनका सेरोटाइप ३ पनि पुष्टि भएपछि थप अध्ययन अनुसन्धानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई जानकारी दिएको बताए । यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टि भएको थियो । 

ज्यान गुमाउने ४९ पुगे
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले संक्रमदर घट्दो क्रममा रहेको बताएका छन् । साउनयता देखिएको डेंगु संक्रमणबाट हालसम्म ४१ हजार सात सय ४३ प्रभावित भएका छन् भने ४९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमण घट्दोक्रममा रहेकाले त्रसित नहुन, तर सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

सरकार गम्भीर नबनेको आरोप

 भाइरोलोजिस्ट डा. शेरबहादुर पुनका अनुसार दुई वा तीनपटकसम्म संक्रमण भएर अस्पताल जानुपरे फरक सेरोटाइप फैलिएको अनुमान गर्न सकिन्छ । हाल र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)को माध्यमबाट डेंगु संक्रमण परीक्षण भइरहे पनि डेंगुको टाइप परीक्षण राष्ट्रियस्तरमा गरिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसअघि नै फैलिइरहेको डेंगुको सेरोटाइप परीक्षणका लागि कम्तीमा डेढ महिना लाग्ने बताए पनि परीक्षणको तयारीसमेत गरेको छैन ।