Skip This
मत माग्दै दैलोमा पुगेका प्रदीपलाई हरिवंशको 'आशीर्वाद'  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मत माग्दै दैलोमा पुगेका प्रदीपलाई हरिवंशको 'आशीर्वाद'  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१८:oo

कांग्रेसका युवा नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ। 

काठमाडौं– ५ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधबार बुढानीलकण्ठमा भेटघाट भएको हो। 

घरदैलो अभियानका क्रममा बुढानीलकण्ठ नगरपालिका– ४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ। मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। 

‘बुढानीलकण्ठमा रहेको आचार्यको घरमै उहाँहरूका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रूपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य) ले सार्वजनिक रूपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका– ५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँको जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँग जम्काभेट भएको थियो।