१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ७ सोमबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

३५ उम्मेदवारलाई कारबाही गर्ने तयारीमा निर्वाचन आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:४५:oo

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको हो। 

बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेका तर ३५ जना उम्मेदवारले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए। आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति-नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारहरूलाई आग्रह गरे। 

आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै आचारसंहिता उल्लंघन गर्ने जो-कोही उम्मेदवारलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए। उनले ऐन, कानुन बनाउनेहरूले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरूले अगुवा कार्यकर्ता भेला, प्रशिक्षणलगायतका कार्य गरेर आचारसंहिताको उल्लंघन गरिरहेको बताए।
 

ad
ad