मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरमा डेंगु नियन्त्रण गर्न जनचेतना अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

विराटनगर महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रण र रोगथाम गर्न जनचेतना अभियान थालेको छ। डेंगु संक्रमण फैलन नदिन समुदायस्तरमा दक्ष स्वास्थ्यकर्मी परिचालन गरी महानगरपालिकाले जनचेतना अभियान थालेको हो।

अभियानअन्तर्गत हालसम्म सात सयभन्दा बढी सहभागी समावेश गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको  स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए। उनका अनुसार महानगरका १९ वटै वडामा डेंगु रोकथामका लागि जनचेतना अभियान सञ्चालन भइरहेको छ।  
 
प्रमुख अलिका अनुसार सम्बन्धित वडाका वडाध्यक्ष, सदस्य, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, समाजसेवी, नागरिक समाजका अगुवा, वडास्तरमा रहेका स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मीलगायतले डेंगुबाट बच्न अपनाउनुपर्ने उपाय र उपचारबारे जानकारी गराउने गरिएको छ। विराटनगर महानगरले डेंगु रोकथाम र नियन्त्रणका लागि सबै स्वास्थ्यकर्मीलाई तालिम दिएर समुदायस्तरमा परिचालन गराएको हो।