१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:३९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोबाइल फोनबाट राम्रो फोटो खिच्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३९:oo
मिसेल साइका मल्टिमिडिया जर्नालिस्ट 

आजकल मोबाइल फोनले फोटो खिच्न सहज बनाइदिएको छ । घुमफिरमा जाँदा मोबाइलबाटै उत्कृष्ट फोटो खिचेर इन्स्टाग्राममा अपलोड गर्दै तपाईंले वाहवाही बटुल्न सक्नुहुन्छ । यसका लागि तपाईंले केही कुरामा ध्यान दिन जरुरी हुन्छ । 

नेचुरल लाइट प्रयोग गर्नुस् 
राम्रो फोटो आउनका लागि राम्रो लाइट जरुरी हुन्छ । फ्ल्यासको साटो नेचुरल लाइट प्रयोग गर्नुस् । यसले फोटोलाई चम्किलो र राम्रो देखाउँछ । यदि तपाईंले आउटडोरमा सुट गर्न पाउनुभएन भने पनि झ्यालनजिक वा पर्याप्त प्रकाश भएको कोठामा फोटो लिनुस् । रातको समयमा पनि तपाईंले सडकबत्ती वा पर्याप्त प्रकाश भएको ठाउँनजिक फोटो लिन सक्नुहुन्छ । 

सही समयमा खिच्नुस्
सूर्यास्तअघिको अन्तिम घन्टा र सूर्योदयपछिको पहिलो घन्टालाई गोल्डेन आवर भनिन्छ । यस समयलाई फोटोग्राफरहरूले निकै मन पराउँछन् । यसलाई प्रकृतिको इन्स्टाग्राम फिल्टर भने पनि हुन्छ । यदि दिउँसोको समयमा खिच्दै हुनुहुन्छ भने बादल लागेका वेला खिच्नुपर्छ । किनकि, सीधा प्रकाशमा राम्रो फोटो खिच्न गाह्रो हुन्छ । 

फरक एंगल ट्राई गर्नुस्
प्रायः मानिसले आफ्नो आँखाको लेभलवरपर क्यामेरालाई राखेर फोटो लिने गर्छन् । तर, सधैँ यस्तो गर्नुपर्छ भन्ने छैन । यदि तपाईं राम्रो र नसोचेको फोटो लिन चाहनुहुन्छ भने अलग तरिका अपनाउनुस् । तपाईंले केही माथि वा तलबाट फोटो खिच्ने प्रयास गर्न सक्नुहुन्छ । तपाईंले दृश्यलाई नयाँ कोणबाट हेर्नैपर्छ । त्यसैगरी, तपाईंले राम्रो फ्रेमिङ गर्नुपर्छ । तपाईं सिर्जनशील हुनैपर्छ ।