१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
रासस जेनेभा
२o८२ असार १२ बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बालबालिकाविरुद्धका घटना ३० वर्षयताकै उच्च

Read Time : < 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १४:१४:oo

संयुक्त राष्ट्रसंघले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिकाविरुद्धका घटना ३० वर्षकै सबैभन्दा बढी भएको जनाएको छ। राष्ट्रसंघले प्यालेस्टिनी क्षेत्र, कंगाे लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लंघनका घटना भएको उल्लेख गरेको छ।

राष्ट्रसंघका महासचिवका बालबालिका र सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधि भर्जिनिया गाम्बाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को छलफलका क्रममा युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको भयानक स्तरको हिंसाबारे बैठकलाई उक्त कुरा बताएकी हुन्। 

उनले भनिन्, ‘युद्ध र द्वन्द्वका पक्षहरू र हामी अन्तर्राष्ट्रिय समुदायले सबै बालबालिकाको हितका लागि शान्ति सम्झौता गर्नुको साटो हाम्रा छोराछोरीका लागि ठुलो मूल्य चुकाएर सैन्य माध्यमबाट विवादहरू सुल्झाउन चाहेजस्तो देखिन्छ। विश्वव्यापी रूपमा र विशेष गरी गाजामा बालबालिकामा के भइरहेको छ भनेर कुनै काम नगरी हामी हेरेर बस्न सक्दैनौँ। गाजाका बालबालिकाहरूले भोगेको विनाश र पीडाको परिणमले हरेक मानव मापदण्डको अवहेलना र उल्लंघन गर्दछ।’

बालबालिकाहरूलाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य नभएको गाम्बाले स्पस्ट पारिन्। संयुक्त राष्ट्रसंघका अधिकारीले निगरानी, प्रमाणीकरण र रिपोर्टिङमा उनीहरूले सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै यी उल्लंघनहरूलाई कम गर्न दिगो स्रोतहरू उपलब्ध गराउने महत्त्वलाई प्रकाश पारेका थिए।