Skip This
गृहमन्त्री खाण भन्छन्- 'एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी छ'
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Monday, 17 June, 2024
२o७९ कार्तिक १ मंगलबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाण भन्छन्- 'एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी छ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १९:१o:oo

गृहमन्त्री बालकृष्ण खाणले नेकपा एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी भएको बताएका छन्। रुपन्देही ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घााटन गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विमति राखेको पार्टी पनि एमाले नेतृत्वको गठबन्धनमा रहेको बताए।

एजेन्डा नै नमिल्ने पार्टीबीच भएको गठबन्धन प्राकृतिक हुन नसक्ने गृहमन्त्री खाणको भनाइ छ। ‘गठबन्धनमा एउटा दल गणतन्त्रवादी छ, त्यही गठबन्धनमा रहेको अर्को दलले गणतन्त्र स्विकार्दै स्विकारेको छैन, यस्तो गठबन्धनलाई कसरी प्राकृतिक गठबन्धन भन्ने?’ गृहमन्त्री खाणले भने।

ad
ad
ad
ad