Skip This
कार्यकर्तालाई देउवाको निर्देशन– मैले हँसिया–हतौडामा भोट हालेँ, तपाईंहरू पनि हाल्नुस्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Monday, 17 June, 2024
फाइल तस्बिर
२o७९ कार्तिक १ मंगलबार १६:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कार्यकर्तालाई देउवाको निर्देशन– मैले हँसिया–हतौडामा भोट हालेँ, तपाईंहरू पनि हाल्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १६:३८:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। आफूले हँसिया–हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै देउवाले पार्टीका नेता, कार्यकर्तालाई पनि त्यसै गर्न निर्देशन दिए।

मंगलबार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा उनले आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरे।

‘अब हँसिया–हतौडा को, रूख काे भन्ने नै छैन। कसलाई भन्ने नै छैन। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हँसिया–हतौडा भएको ठाउँमा हँसिया–हतौडालाई नै भोट हाल्ने। रूख भएको ठाउँमा रूखलाई नै भोट हाल्ने। यति भए पुगिहाल्यो नि। किन चाहियो अरू कुरा ?’ देउवाले भने।

सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा  शान्ति, लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको तर्क छ। सत्तागठबन्धनका दलहरूबीच अविश्वासको वातावरण नरहेको भन्दै उनले खुसी व्यक्त गरे।

ad
ad
ad
ad