१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका रुपन्देही
२o८१ जेठ ७ सोमबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपयुक्त विकल्पविना सुकुमबासीका घरटहरा नभत्काउनू : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १५:५१:oo

कांग्रेस केन्द्रीय सदस्यसमेत गृहमन्त्री बालकृष्ण खाणले उपयुक्त विकल्प र व्यवस्थापनविना सुकुमबासीका घरटहरा भत्काउन नहुने बताएका छन्। रुपन्देही ३ बाट सत्तागठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाणले बुटवल उपमहानगरपालिका– १६ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

सुकुमबासीहरू अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनुपर्ने उनको तर्क छ। 
सुकुमबासीलाई अन्यत्र सार्नैपर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर र व्यवस्थापन गरेर मात्रै सार्नुपर्नेमा खाणले जोड दिए।

आफूले गृह प्रशासनलाई घरटहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको उनको भनाइ छ।

बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उनले आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताए। आयोजना पूरा भए रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत राजधानी र विदेश पठाउन सकिने गृहमन्त्री खाणले बताए।

ad
ad