१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार o६:२२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं विश्वविद्यालयमा ‘डब्लुटिओ चेयर’ कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार o६:२२:oo

विश्व व्यापार संगठन (डब्लुटिओ) सदस्य राष्ट्रहरूको व्यापार प्रणालीमा सहभागितालाई सहज बनाउन सहयोग गर्ने कार्यक्रम डब्लुटिओ चेयर प्रोग्राम (डब्लुसिपी) काठमाडौं विश्वविद्यालयमा सुरु भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा डब्लुटिओ चेयर प्रोग्रामको शुभारम्भ गरिएको हो । 

ललितपुरमा सोमबार आयोजित एक कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले कुसोममा डब्लुटिओ चेयरको उद्घाटन गरे । विश्व व्यापार संगठनका सदस्यहरूको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागितालाई सहज बनाउने लक्ष्यका लागि डब्लुटिओ चेयर प्रोग्राम (डब्लुसिपी)ले विकासोन्मुख राष्ट्रहरूमा शैक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउँछ ।

यस्तो कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लुसिपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेले बताए । उनका अनुसार डब्लुसिपी आगामी चार वर्ष (सन् २०२२–२०२६) कुसोममार्फत सञ्चालन हुनेछ । जसमा मुख्यतया तीनवटा खम्बामा काम हुनेछन् । यसभित्र पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुनेछ । 

शुभारम्भ कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश पठाएका थिए । जसमा प्रधानमन्त्री देउवाले डब्लुसिपी नेपाल कार्यक्रमले नेपालको व्यापार र लगानी नीति तर्जुमा गर्न सहयोग गर्ने र जसका माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारमा नेपालले सामना गर्ने प्रमुख अवरोधमा सुधार गर्न महŒवपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।  विश्व व्यापार संगठनका उपमहानिर्देशक जियांग झांगले यस्तो नेटवर्कबाट विचारहरूको अन्तर बिजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको अधिक आदान–प्रदान गर्न सहयोग पुग्ने बताए । 

कार्यक्रमको उद्घाटन गर्दै मुख्यसचिव शंकरदास वैरागीले शैक्षिक, अनुसन्धानका माध्यमबाट व्यापारको क्षेत्रमा नयाँ–नयाँ सोचको सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने बताए । उनले यो कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहनेसमेत आश्वासन दिए ।  कार्यक्रममा दाता मुलुकका तर्फबाट अस्ट्रियाको डिजिटल तथा आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सिन्थिया जिम्मरम्यानले शैक्षिक विशेषज्ञताको पुँजीकरणमार्फत क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताइन् । 

डब्लुटिओ चेयर प्रोग्रामकी शैक्षिक बोर्ड सदस्य डेसिरी भान गोर्पले कुसोममार्फत तोकिएका क्षेत्रमा आक्रामक नतिजा प्राप्त हुने अपेक्षा व्यक्त गरिन् । डब्लुटिओ चेयर प्रोग्रामका ज्ञान व्यवस्थापन महाशाखाका निर्देशक डा. वर्नर जडुकले ग्रामीण उद्यमी र शिक्षकहरूका बीचमा ज्ञान फैलाउन नेपालले गरिरहेको तयारीको प्रशंसा गरे । 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लुटिओको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको स्मरण गराउँदै  त्यसअनुसारको नतिजा नदेखिएको बताए । व्यवसायमा रहेका अवरोध पहिचान गरी यससँग सम्बन्धित समस्या समाधानमा निजी क्षेत्र, शिक्षाविद् र सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।  काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले डब्लुसिपी नेपालमा आउनु आफँैमा गर्वको विषय भएको बताए ।